no comments

जापान छोडेर कैचीमा रमाउदै राना मगर

पोखरा १७ माघ/ कपाल वा दाह्री काट्ने सैलुन पसल भनेपछि हामी सजिलै भारतिय मुलका वा मधेसीले सञ्चालन गरेको भनेर हामीले सजिलै बुझ्ने गछौ ।

हुन पनि नेपालका अधिकांश सैलुन पसलहरु भारतिय मुलका वा मधेसी समुदायका मानिसहरुबाट सञ्चालन भएको हामीले देख्दै र भोग्दै आएका छौ । पोखरामा अझैपनि प्राय सैलुन पसलहरु भारतिय मुलका नाइहरुबाटै सञ्चालित छन । तर पछिल्लो समय नेपाली युवाहरुले पनि नाइको सीप अंगालेर मनग्ये रुपमा नेपालमै आफ्ना दाजुभाइहरुको कपाल काटेरै मनग्य आम्दानी गर्दै आइरहेका छन ।

पछिल्लो समय नेपाली युवाहरुले हेण्डसम पार्लर देखी बार्वर सप खोलेर आफ्नै भुमिमा मनग्य आम्दानी गर्दै आइरहेका हुन । यसैमध्ये एक युवा हुन बाग्लुङका शुसिल राना मगर । शुसिललाई नपुग्दो केही छैन, बाग्लुङ पुरानो गाउ भइ पोखरामै हुर्केका शुसिललाई बार्बर बन्छु भन्ने कहिल्यै पनि सोच थिएन ।

सानैदेखी पोखरामा हुर्केर पोखरामानै पढेका शुसिल बैदेशिक रोजगारमा पुगेर हण्डर खाएपछि बार्बर बन्ने सोच पलाएको हो । लामो समयदेखी जापनमा रहेका बुवा चन्द्र बहादुर राना, आमा दिल कुमारी रानाका एक्लो छोरो शुसिल एसएलसि उतीर्ण हुनासाथ प्लस टु अध्ययन गर्दै गर्दा २०६७ सालतिर जापान पुगे । जापान बसाई उनको धेरै समय टिकेन ।

जापानमा पुगेर शुसिलले ९ महिनामात्र जापान बस्ने मौका पाए । जापानको मेहनतले शुसिलले मनग्ये आम्दानी गर्थे तर जापान सरकारको नियम भन्दा बढी समय काम गर्न थालेपछि शुसिललाई त्यहांको सरकारले जापानबाट नेपाल फिर्ता गर्यो ।

जापानमा मेहनत गर्न सिकेका शुसिलले हिम्मत हारेनन । नेपाल आएर जापानमा जस्तो मेहनत गर्ने होभने नेपालमानै मनग्य आम्दानी त्योपनि साथीभाइहरु संगै बसेर कमाइ गर्न सकिन्छ भन्ने उनमा आंट र भरोसा थियो । सीप र मेहनत हुने हो भने नेपालमै बसेर केही गर्न सकिने भन्दै हिड्ने शुसिल पोखराको भाटभटेनी सुपरमार्केटको अण्डरग्राउण्डमा नेपाली युवाहरुले जी एच हेयर सैलुन खोलेको थाहा पाए ।

उनी प्राय जसो ग्राहकको रुपमा नेपाली युवा हिमाल लिम्बुले सञ्चालनमा ल्याएको उक्त सैलुनमा जाने क्रम वढ्न थाल्यो । ग्राहक बनेर पुग्ने शुसिल अन्तत उक्त बार्वर सपमा भोलेन्टिएरको रुपमा काम सिक्नेगरी काम शुरु गर्न थाले । सोही समयमा उनले उत्तम गुरुङलाई समेत भेट्ने मौका जुर्यो ।

उत्तम पनि उक्त सैलुनमा कपाल काट्ने काम गर्थे । सो सैलुनमा दुइवर्ष कपाल काट्ने काम गरेका शुसिल र उत्तम मिलेर पोखराको अमरसिंह मिनी मार्केटमा ८ लाखको लगानीमा दुइ वर्ष अगाडि बार्वर सप सञ्चालनमा ल्याए । मिठो बोलीचाली नम्र ब्यवहार भएका शुसिल र उत्तमको वार्वर सपको ग्राहकपनि भाटभटेमै आउनेहरु हुन थाले । पसल सञ्चालनका लागी आफ्नै साथी पालिखेचोकका बिनायक पालिखे र शुसिलका काका सिंगापुरमा रहेका गणेश राना मगरले बार्वरमा प्रयोग हुने औजारहरु समेत सहयोग गरेको शुसिल सम्झन्छन ।

सुरुमा पसल सञ्चालन गर्दा कोही पनि ग्राहक नहुनेहोकी लगानी डुब्ने पो होकी भन्ने चिन्ता पनि थियो । तर भाटभटेनीकै आफ्नो पुरानो ग्राहकबाटै आफुहरु आज सम्मको यात्रामा आइपुगेको शुसिल बताउछन । वार्वर सप सञ्चालनको सुरुको दिनमा दैनिक १५ देखी २० जना ग्राहक आउने गरेको र हाल दैनिक ५० जना ग्राहकहरु आउने र मासिक २ लाख कमाइ हुने गरेको छ ।

वारवरबाटै कमाएको केही पैसा सामाजिक काममा समेत उनीहरुले खर्चिदै आइरहेका छन । उनीहरुले वर्षेनी थोरै भएपनि रकम छुट्याएर वृद्धाश्रमहरुमा समेत सहयोग गर्दै आएका छन । राना र गुरुङले वार्वरमा कपाल काट्ने मात्र हैन वार्वर समेत सिकाउदै आएका छन हाल ४ जनाले वार्वर सिकिरहेको उनीहरुले वताए । उनीहरुकै उत्पादक सुदिप गुरुङ कान्छा अहिले वार्वरमा पोख्त भइसकेका छन ।

शुसिल भन्छन नेपालमै केही गर्छु भन्ने जोश जांगर झनै पलाएको छ तरपनि नेपाली युवाहरु विदेशीने फेसन नै बनेको छ , नेपाली युवाहरु विदेश जानु नराम्रो होइन तरपनि सिप सिप सिकेर जानु राम्रो हो र वैदेशिक रोजगारमा सिकेको सिपलाई नेपालमानै प्रयोग गर्न सके झनै राम्रो ।

TechSansar.com - Technology Navigator website for Nepalese