no comments

प्रा. डा. मोतीलाल पराजुलीको निधन

पोखरा, २५ जेठ/ प्रा.डा. मोतीलाल पराजुलीको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पतालमा उपचारतर पराजुलीको मंगलबार निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २३ असलचौरमा जन्मेर हाल काठमाडौमा बसेर नेपाली भाषासाहित्य तथा लोकसाहित्यको अध्यन–अनुसन्धान तथा प्राध्यापन गर्दै आएका थिए ।

पराजुली नेपाली लोकसाहित्यका आधिकारिक अध्येता मानिन्छन् । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा २०७६ सालसम्म प्राध्यापन गर्दै आएका थिए । पद र प्रतिष्ठाकका लागि झिनाझम्टीमा पटक्कै विश्वास नगर्ने पराजुली कर्ममा विश्वास गर्ने स्रष्टा हुन् ।

उनका नेपाली लोकगाथा (२०४९), नेपाली रचना कला (२०५३), धर्मात्मा राजा (२०५८), नेपाली लोकनाटक सिद्धान्त र विवेचना (२०६१), सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन (२०६३), नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू (२०६३) लगाएत पुस्तकहरु प्रकाशन भएका छन् भने केही पुस्तक प्रकासनका लागि तयारीमा थिए ।

उनले शिक्षा पुरस्कार (२०६१), महेन्द्र विद्याभूषण ‘क’, सैनध्वज–नन्दकुमारी विद्वात् वृत्ति (२०६१), अलिमिया लोक बाङमय पुरस्कार लगाएतका सम्मानित भइसकेका छन् । उनी श्रीमतीको पनि कोरोनाका कारण तीन हप्ता पहिले निधन भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese