no comments

जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा, १० माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ ।

शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि अर्को सुचना नआए सम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।

यसअघि प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्र दर्ता फाँटको सेवा बन्द गरेको थियो । कास्कीमा सोमबारसम्म २ हजार ९ सय ३९ सक्रिय संक्रमित छन् ।

जिल्ला प्रशासन कार्यालय कास्की

जिल्ला प्रशासन कार्यालय कास्की

TechSansar.com - Technology Navigator website for Nepalese