no comments

देश्ना स्मृति भेट्रान्स कपमा फागुन दोस्रो साता

पोखरा, ४ फागुन/ पोखराको पुरानो टुडिखेलमा फागुन ११ देखी १५ गते सम्म सञ्चालन हुने ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा १६ टिमले मात्रै टिम दर्ता पाउने भएको छ ।

ईन्द्रेणी एकिकृत विकास केन्द्र बगरले आयोजना गर्ने भेट्रान्स (३५ वर्ष माथी) फुटबल प्रतियोगितामा कम समय समयावधिका कारण १६ टिमको मात्र सहभागिता रहने भएको हो ।

समय कम भएको कारण हामीले चाहदा चाहदै पनि १६ टिम भन्दा बढिलाई स्थान दिन नपाउने भएका छौ, प्रतियोगिता संयोजक हिटलर घलेले भने, ‘जो पहिला टिम दर्ता गर्नुहुन्छ उहाँहरुले खेल्न पाउनुहुन्छ । हामीले १६ टिमको दर्ता भैसकेपछि आवेदन बन्द गर्छाै ।’

उनले आगामी ९ गतेसम्म ईच्छुक टिमले आवेदन दिन सक्ने बताउदै टिम दर्ता शुल्क ५ हजार निर्धारण गरिएको बताए ।
उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्नेछ ।

त्यस्तै उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । संयोजक घलेले विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।

घलेका अनुसार प्रतियोगिताको सर्वाेत्कृट खेलाडी (दाम्पत्य) लाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ ।

बगरमा सञ्चालित ईन्द्रेणी एकेडेमी सञ्चालनार्थ उक्त प्रतियोगिता आयोजना गर्दै आएको संयोजक घलेले बताए । स्व. देश्ना चन्दको स्मृतिमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले १ लाख ५० हजार आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese