no comments

फेवाताल संरक्षण गर्न बनाइएको सिल्टेसन ड्याम भत्कन थाल्यो

पोखरा, १५ साउन / ठेकेदारलाई काम सम्पन्न गरी सकेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले निर्माण गरेको फेवाताल संरक्षण सिल्टेसन ड्याम । बुझाउन बाँकी नै छ ।

अहिले कै वर्षा यामको बाढीले सिल्टेसन ड्यामका केही भाग नै उकिएको छ भने केही भागमा ढुङ्गा उकिएका छन् । चार वटा खोलामा निमार्ण गरिएको मध्ये खहरे खोलामा निर्माण भएको ड्यामका यस्तो समस्या देखिएको हो ।

बनाउने क्रममा नै कमसल सामाग्रीको प्रयोगले भएको भन्दै स्थानीयले आवाज उठाएका थिए । अहिले वर्षाको भेलले त्यसलाई प्रमाणीत गरिदिएको स्थानीयहरु बनाउ छन् ।

पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा फेवाताल संरक्षण गर्न तालमा मिसिने विभिन्न खोलामा सिल्टेसन ड्याम निर्माण भएको थियो ।

‘काम शुरु भएदेखि नै गुणस्तरीय सामान प्रयोग गर्न आग्रह गर्यौं । गुणस्तरहीन भयो भन्दै महानगरपालिकालाई सचेत गरायौं । तर गुनासो सुनिएन । पोखरा २३ वडा सदस्य भरतराज भण्डारीले भने–‘खोलाकै बालुवा प्रयोग गरिएको थियो । पाँगो मिसिएको बालुवा कमसेकम धोएर प्रयोग गरिदेउ भन्दा पनि सुनन् । ड्याम निर्माण पुरा हुदाँ अहिले कम्जोर भएको प्रमाणी भएको छ ।’

फेवातालमा हर्पन खोला, अँधेरी खोला, लौरुक र बेतनी खोला फेवालमा मिसिन्छन् । विभिन्न ठाँउबाट बगेर आउने खोलाले वर्षायाममा बाढी पहिरो सहित फेवातालमा मिसिन्छ । वर्षेनी ती खोलाबाट १ लाख घनमिटर सिल्ट तालमा जम्मा हुने महानगरपालिकाको तथ्यांक छ । फेवा तालको आयु बढाउने लक्ष्य र उद्देश्य सहित सिल्टेसन ड्याम निर्माण भएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese