no comments

२३ औ पोखरा सडक महोत्सवको तयारी पुरा

पोखरा, १४ पुष/ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष एकै समयमा पोखरामा हुदै आएको पोखरामा सडक महोत्सव तयारी पुरा भएको छ ।

बिहीबारदेखि सुरु हुने तीनदिने महोत्सवमा २३ औं संस्करणको तयारी पुरा भएको रेबानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । उनले आन्तरिक पाहुना बोलाउनकै लागि वर्षेनी हुँदै आएको उनले बताए ।

पोहोर भन्दा यो पटक अझै बढी आन्तरिक पाहुना आउने अपेक्षा रहेको उनले बताए । पोखरामा सडक महोत्सवका अवसरमा कति संख्यामा आन्तरिक पाहु्ना आउँछन भन्ने यकिन तथ्यांक कतै नभएपनि अरुबेला भन्दा निकै नै बढी संख्यामा पाहुना भित्रिने व्यवसायी बताउँछन् ।

पोखराका ठुला आकारका होटलको अकुपेन्सी करिब सत प्रतिशत पुगिसकेको महोत्सव संयोजक नरेश भट्टराइले जानकारी दिए । साना र मझौला आकारका होटलले पनि बढी आकारमा बुकिङ आएको उनको भनाई छ ।

संयोजक भट्टराइका अनुसार महोत्सवमा आएका पाहुनालाई मनोरञ्जन दिलाउन विभिन्न आकर्षक कार्यक्रम गरिँदैछ । लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सडकमा रेस्टुरेन्टले परिकार पस्किने र पाहुनाले सडकमै बसेर रमाउन पाउने भएकोले महोत्सवले पर्यटकलाई मनोरम प्रदान गर्ने उनले बताए । ‘पुरै तीनकिलोमिटर क्षेत्र झकिझकाउ पारिएको छ ।

लेकसाइडकै मूल सडकका ठाउँठाउँमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिनेछ । यो पटक कोरोना संक्रमण विरुद्ध खोप अभियान चलेकोले मेलामा सहभागि हुन आएका जो कोही स्वदेशी वा विदेशी पाहुनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको भट्टराईले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि भट्टराईले आन्तरिक पाहुनाबाट पर्यटन क्षेत्र धानिएकोले पनि यस्ता महोत्सव प्रभावकारी हुने बताए ।

उनले पोखरा आन्तरिक पाहुनाको घुम्ने मुख्य थलो भएको र पोखरामा पाहुना आउँदा त्यसको लाभ पर्यटनको सबै क्षेत्रमा पर्ने बताए । पोखराको कोमागाने पार्कमा मुख्यक कार्यक्रम हुनेछ । दिऊसो लोक दोहोरी र राती लाइभ व्याण्डको प्रस्तुती हुनेछ ।

TechSansar.com - Technology Navigator website for Nepalese