no comments

फेवासिटी अस्पतालको अध्यक्षमा डा. चण्डिका पण्डित

पोखरा, २७ पुष/ पोखरामा रहेको फेवासिटी अस्पताल प्रालिको अध्यक्षमा डा. चण्डिका पण्डित चयन भएकी छन् ।

फेवासिटी अस्पताल प्रालिको २२ औ साधारण सभा तथा आठौं अधिवेशनले डा. पण्डितलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले अस्पताल सञ्चालक समितिमा डा. रवीन्द्र प्रसाद श्रेष्ठ, डा. टुमाया घले, डा. सुरेश थापा, दिनेशबाबु खड्का, हरिबहादुर केसी र सर्वजीत अधिकारी रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese