no comments

डिपिएल नेपालको अध्यक्षमा बसन्त गिरी

पोखरा, ११ माघ / डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकीको अध्यक्षमा बसन्त गिरी चयन हुनुभएको छ । झापाको दमक नगरपालिकामा माघ १० गते भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा बसन्त गिरी चयन हुनुभएको हो ।

गिरीको नेतृत्वमा ४० जनाको डिपिएल युथ टिम गठन गरिएको हो । महाधिवेशनले उपाध्यक्षमा राजकुमार भण्डारी, सरस्वती गिरी, किशोर सुवेदी रहनु चयन गरेको छ ।

महासचिवमा प्रदिप शर्मा बराल, कोषाध्यक्षमा शिव पराजुली र सचिवमा सुरेनकुमार नेपाली चयन गरिएको छ । कानुनी सल्लाहकारमा शिशिर मिश्रलाई चयन हुनुभएको छ ।

सन् २०१२ मा झापाका भेषराज न्यौपाने नेतृत्वमा यो संस्थाको गठन भएको हो । घरको बार्दलीबाट लडेर मेरुदण्डको पक्षघात भएपछि जीवनमा आएको निराशालाई चिर्दै न्यौपाने यस संस्था मार्फत् सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आउनुभएको छ ।

संस्थाले विशेष गरी युवाको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, भने कुलतमा फसेर जीवन वर्बाद गरिरहेका युवाहरुलाई पुनःजीवन प्रदान गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएको गण्डकी अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष गिरीले भन्नुभयो “यो विशुद्ध सामाजिक संस्था हो, युवाहरुलाई सामाजिक क्षेत्रमा स्थापित गराउन नेतृत्व तथा व्यत्तित्व विकासमा जोड दिन्छ , त्यसैगरी शारीरिक अपाङ्गता भएकाहरुलाई समेत नेतृत्व विकास तालिम मार्फत् आत्मविश्वास जगाएर आत्मनिर्भर हुन यसले प्रेरित गर्छ ।”

गिरीका अनुसार यो संस्था देशका विभिन्न १३ वटा स्थानमा शाखा रहेका छन् भने देशभरी करिब चारसय सदस्यहरु रहेका छन् । यसको केन्द्रीय अध्यक्षमा विनोद उप्रेती रहनुभएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese