no comments

पोखरामा एकै दिन ७४ जनामा कोरोना पुष्टि, अहिले सम्म कै धेरै, को कहाँका ?

पोखरा, १ असोज / पोखरामा अहिले सम्मकै धेरै संक्रमित बिहीबार फेला परेका छन् । पोखरामा बिहीबार मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका एकैदिन १५ वडाका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले सम्मको तथ्यांक अनुसार यो अहिलेसम्म धेरै संख्या हो ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा ८ का ३९, २१, ३४ वर्षीय पुरुष र ३८ वर्षीया महिला पोखरा १४ का ३५ वर्षीय पुरुष, पोखरा १० का २६ वर्षीया महिला र १९ वर्षीय पुरुष, पोखरा १७ का ३७ वर्षीय पुरुष, पोखरा २३ का २३ वर्षीय पुरुष, पोखरा ४ का ५३, २० वर्षीया महिला, पोखरा १५ का २१, १८ ३५,३७, ३९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा १५ मा कार्यरत ४० जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

यस्तै पोखरा ३१ का ३५, ५० वर्षीय पुरुष र ७२, ४५, ४३ वर्षीया महिला, पोखरा २७ का १८, १५ वर्षीय पुरुष, पोखरा २९ का २५ वर्षीया महिला र ४० वर्षीय पुरुष र पोखरा ३३ का ४३ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको शर्माले जानकारी दिए ।

त्यसैगरी पोखरा महानगरपालिका ८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

कास्कीमा हाल सम्म ७ सय ६६ कोरोना संक्रमित फेला परेको छन् । जसमध्ये २ सय ८० जना निको भएर घर फर्किसकेको छन् भने सक्रिय संक्रमित ४ सय ७५ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese