no comments

प्रहरी नायव महानिरीक्षक अर्याल कोरोना संक्रमण मुक्त

पोखरा, १२ असोज/ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएको छ ।

गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना संक्रमण परीक्षण पिसिआरमा प्रहरी नायव महानिरीक्षक अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

रिपोर्ट पोजिटिभ देखिएसंगै आफ्नै निवासमा आइसोलेजनमा बसेका थिए । प्रहरी नायव महानिरीक्षक अर्यालको असोज ११ गते पिसिआर रिपोर्ट नेगेटिभ आएसंगै कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese