no comments

कास्की काँग्रेस पोखरा विश्वविद्यालयमा, नेवि संघको अनसनमा एक्यवद्वता

पोखरा, ११ साउन/ पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की काँग्रेसले एक्यवद्वता जनाएको छ । विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विगत चार दिनदेखि विद्यार्थी नेता अनशन बसिरहेका छन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्वता जनाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा राजीव भण्डारी, फिरोज सुवेदी र दिपेन्द्र गौतम अनसनमा सहभागि थिए ।

विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताएका छन् ।

अनसनप्रति एक्यवद्वता जनाउँदै कास्की काँग्रेसका सभापति कृष्ण केसीले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे । उनले विद्यार्थीको मागप्रति बेवास्ता गरे अवस्था गम्भिर आउन सक्ने चेतावनी दिए ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले सरकारले गर्नुपर्ने सामान्य काम पनि नगरेको बताए । उनले तत्काल विद्यार्थीको माग सम्वोधन गर्न आग्रह गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese