no comments

पोखरा विमानस्थलमा आपतकालिन उद्धार अभ्यास

पोखरा, ४ चैत/ पोखरा विमानस्थलमा बुधबार हवाईजहाजको आपतकालिन उद्घार अभ्यास गरेको छ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले अभ्यास गरेको हो ।

पोखरा विमानस्थलमा नमूना जहाज बनाएर सोही जहाज दुर्घटना भएको अभ्यास गरेको हो । विमानस्थलमा आपतकारी अवतरण गरेको जहाजमा आगलागी गरेर अभ्यास गरेको हो ।

आगो निभाउनका लागि दमकल प्रयोग, उपचारका लागि एम्बुलेन्स र हेलिकप्टरको प्रयोग गरेर उद्धारको अभ्यास गरे । पोखरा विमानस्थल वरपर आपतकालिन उद्घारको अभ्यास बेला दुर्घटना नै भएको हो कि भनेर झुकिएका थिए ।

अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायतले भाग लिएका थिए ।

उद्घार अभ्यास सँगै चार दिने विपद् उद्घारकर्मीको क्षमता विकास तालिम सहभागीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान लगायतले प्रमाणपत्र प्रदा गरेका थिए । विमास्थलमा यस्ता अभ्यास प्रदेश वर्ष गर्नु पर्ने हुन्छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese