no comments

करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु

पोखरा, २१ साउन/ करेन्ट लागेर पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।

हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते नेपालीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese