no comments

ट्राभल हिष्ट्री बिनै पोखरामा एक पुरुषलाई कोरोना देखियो

पोखरा, १८ साउन / पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखिएको छ ।

स्थानीय ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको आर्चायले बताए ।

संक्रमित स्थानीय नै भएको र उनको कुनै ट्राभल हिष्ट्री नभएको बताइएको छ । उनको थप विवरण आउने बाँकी रहेको छ । गण्डकी प्रदेशमा आइतबार २० जनामा कोरोना देखिएको छ ।

त्यस मध्ये कास्कीमा ६ जना थपिएका छन् । कास्कीमा रुपा गाउँपालिकामा ५ जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशमा १ हजार ५ सय ५ जनामा कोरोना देखिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese