no comments

पोखरा म्याराथनको उपाधि राजन रोकायालाई, महिला हाफ म्याराथनको उपाधि राजपुरा प्रसाइलाई

पोखरा, १ फागुन/ १५ औं संस्करको सफल पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजना शनिबार पोखरामा भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दुरीलाई आर्मीका रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाए ।

दोस्रो स्थानमा पनि नेपाल आर्मीकै गोविन्दप्रसाद भट्टराई २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गरे । आर्मीकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए ।

१५ औं संस्करणको दौडमा नेपाल आर्मीका धावकले बर्चस्व राखे । म्याराथनमा आर्मीले आफनो गर्विलो शाखलाई जोगाईराख्ने क्रममा पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा जमाए ।

चौथो स्थानमा भने पाँचथरका प्रताप ताम्सोहांग रहे । उनले दौडलाई २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।

विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार र सन्त्वना पुरस्कार स्वरुप प्रतापले २५ हजार रुपैयाँ पाएका छन् ।

त्यसै गरी महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा प्रसाईले जितेकी छन् । २१ किलोमिटरको दुरीलाई उनले १ घण्टा २७ मिनेट ८ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।

जुम्लाकी राममाया बुढा दोस्रो स्थानमा रहिन् । उनले १ घण्टा ३० मिनेट १० सेकेण्डमा पुरा गरिन् । तेस्रो स्थानमा भने शसस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठ आईन् । उनले दुरीलाई १ घण्टा ३१ मिनेट १४ सेकेण्डमा पुरा गरेकी थिईन् ।

महिला हाफ म्याराथनमा विजेता प्रसाईले १ लाख रुपैयाँ प्राप्त गरिन् । जुम्लाकी बुढाले दोस्रो पुरस्कार ७५ हजार प्राप्त गरिन् । शसस्त्र प्रहरीकी श्रेष्ठले ५० हजारले पुरस्कार स्वरुप हात थापिन् ।

बिजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मुख्य प्रायोजकका सलफ दुधका निर्देशक सुनिल श्रेष्ठ लगाएतले पुरस्कार वितरण गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese