कोरोनाबाट पोखरामा उपचाररत १३ को मृत्यु, पोखरा १४ का मात्रै तीन जना
पोखरा, १ जेठ/ पोखरामा विभिन्न अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमित सहित गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ ।
प्रदेशका विभिन्न जिल्लाका पोखरामा उपचाररत कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ६ जना, स्याङजाका २ जना, पर्वतका ३ जना, तनहुँका १ जना, म्याग्दी १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् ।
पोखरा महानगरपालिका १४ का मात्रै ३ जना पुरुषहरुको मृत्यु भएको छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।