no comments

कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

पोखरा, १६ कात्तिक / पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा पोखरा १७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार बिहान ११ बजेर ५५ मिनेट मृत्यु भएको हो ।

कार्तिक ११ गते कोरोना भाइरस संक्रमण भए पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आर्चायले जानकारी दिए ।

प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने उनी २५ औं व्यक्ति हुन् । त्यसै गरी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नका ४७ बर्षीय पुरुषको मृत्यु भएको छ ।

कात्तिक १५ गते राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए । पोखरामा अहिले सम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ भने गण्डकी प्रदेशमा ७८ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese