no comments

महानगरले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय पढाउने

पोखरा, ३ भदौ/ पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निशुल्क रुपमा पढाउने भएको छ ।

पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरु मध्येबाट २ जनालाई निशुल्क पढाउने भएको हो ।

महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ छात्रालाई बहुप्राविधिक शिक्षालयमा निशुल्क पढाइने बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।

तिमिल्सिनाका अनुसार अध्ययनका लागि आवेदनदिएपछि एसइई र कक्षा ८ को नतिको आधारमा छात्रा छनोट गरिने छ ।
महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको  पढाइ हुँदै आएको छ ।

वडा नम्बर १९ ले यो वर्ष एसइई उत्तीर्ण मध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडा नम्बर ३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नम्बर ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए ।

वडा अध्यक्ष शोभामोशन पौडेलका अनुसार वडा भित्रका एसइई उत्तीर्ण मध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । शिक्षालयमा अहिले ८३ जना विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २ सय २० जना सहभागी भइसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese