no comments

सहकारी बैंकद्वारा पोखरामा सहकारी बाल क्लब गठन

पोखरा, २९ चैत/ राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको संयोजनमा कास्कीको पोखरास्थित शिवशक्ति माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ ।

विद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनात्मक कार्यक्रममा अग्रसर बनाउने र विद्यार्थी अवस्था देखिनै सहकारीको महत्व बारेमा जानकारी गराउने उद्देश्यले क्लव गठन गरिएको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशभरका ६८ शाखा मार्फत सामुदायिक विद्यालयमा सहकारी बालक्लव गठन गर्ने र वित्तिय साक्षरता सम्वन्धी अभिमुखिकरण गराउने अभियान सञ्चालन गरेको छ ।

शिवशक्ति माविमा ८ कक्षा दखि १२ कक्षा सम्मका विद्यार्थीहरुको प्रारम्भिक भेलाबाट नौ सदस्यीय शिवशक्ति सहकारी बालक्लव गठन गरिएको छ ।

समितिको अध्यक्षमा गिता ओझा, उपाध्यक्षमा आयूष सुनार, सचिव अष्मिता विसुङखे, सह–सचिव बन्दना लम्साल कोषाध्यक्ष रेनु भुसाल तथा सदस्यहरुमा प्रेम कुमारी गुरुङ्ग, सन्देश गुरुङ्ग, वर्षा पौडेल र निरुता नेपाली रहनु भएको छ ।

कार्यक्रममा बालक्लवका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक शम्भु प्रसाद बास्तोलाले विद्यार्थीहरुलाई वित्तीय रुपमा सचेत बनाउने महत्वपूर्ण कार्यक्रमको लागि आफ्नो विद्यालय छनौट गरेकोमा राष्ट्रिय सहकारी बैंकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

विद्यार्थीहरुको भेला प्रधानाध्यापक शम्भु प्रसाद बास्तोलको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका सल्लाहाकार रविरमण तिवारीको प्रमुख आथिथ्यता र राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वित्तीय साक्षरता र सहकारी बैंकका बारेमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese