no comments

पोखरामा १० सहित गण्डकी प्रदेशमा १५ जनामा कोरोना संक्रमण

पोखरा, ३२ साउन / गण्डकी प्रदेशमा आइतबार बिहान थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका १० जना र तनहुँका ५ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५१ र ५२ बर्षिय पुरुष, वडा नम्बर ३२ मा ८६ बर्षिय महिलामा, वडा नम्बर २८ मा ३८ बर्षिय पुरुषमा, वडा नम्बर २६ मा ५३ पुरुषमा कोरोना देखिएको शर्माले बताए ।

त्यसै गरी वडा नम्बर ५ कि ३३ बर्षिय एक महिला, वडा नम्बर १६ मा २२ र ३० बर्षिया पुरुष र २२ र ५० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

यो सगँ कस्कीमा २ सय १८ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरि तनहुँको भानुका ३० बर्षिय पुरुष, व्यासका ९ बर्षिइ बालक रहित ४० बर्षिय पुरुष, १३ बर्षिय बालिका सहित ३६ बर्षिय महिलामा संक्रमण देखिएको हो ।

तनहुँमा यो सगँ २ सय १७ जनामा कोरोना संक्रमण देखिसकेको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese