no comments

पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु

पोखरा, ११ भदौ / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।

अस्पतालको आईसियुमा उपचाररत पोखरा महानगरपालिका ११ निवासी ३२ बर्षिया महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनले भदौ ७ गते उचपारका लागि अस्पताल आएकी उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको उनले बताए । पोखरा सवास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ हुने भने पोखराको तेस्रो हुन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese