no comments

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता

पोखरा, ३० साउन / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का विकास कार्यक्रम कार्यान्वयन गर्ने बिहीबार मुख्यमन्त्रीले मन्त्रीहरु र प्रमुख सचिब सगँ कार्यसम्पान सम्झौतापत्र आदानप्रदान गरे ।

मुख्यमन्त्री गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, समाजिका विकास मन्त्री नरदेवी पुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापासँग कार्यसम्पादन सम्झौता गरे । मुख्य सचिव विष्णु नेपाल सँग पनि सोही सम्झौता भएको छ ।

प्रदेश मन्त्रिपरिषदको बिहीबारकै बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्यतालिका सहितको कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो । प्रदेश सुशासन ऐनको दफा १८ ले गरेको कार्यसम्पादन सम्झौताको व्यवस्था अनुसार यो सम्झौता भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रत्येक महिना सकिएको १० गतेभित्र प्रतिवेदन गर्ने बजेट तथा कार्यक्रमको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने व्यवस्था सम्झौतामा छ । असारे विकासको प्रवृत्तिबाट मुक्त गर्न यो सम्झौताले योगदान गर्ने विश्वास पनि मुख्यमन्त्री गुरुङले व्यक्त गरे । पुँजीगत खर्च बढ्ने उनको विश्वास छ ।

सोही अवसरमा गुरुङले अहिले मन्त्रीहरु फेर्ने सन्दर्भ नरहेको बताए । केही समययता गण्डकीमा मन्त्रीहरु फेरबदल गर्ने र मन्त्रालय थपिने चर्चा चलेको थियो । मुख्यमन्त्री गुरुङ केही मन्त्रीहरुको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् । अर्को तिर कतिपय मन्त्रालयभित्र धेरै कार्यक्षेत्र भएको भन्दै तिनलाई फुटाएर मन्त्रालय ७ बाट १० पु¥याउने उनको अभिव्यक्ति सार्वजनिक समेत भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese