no comments

पोखरामा २ पर्यटक प्रहरी सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

पोखरा, १२ भदौ / गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमित थपिएका छन् । नवलपुरमा ८ जना, लमजुङमा २ जना, तनहुँमा ४ जना, कास्कीमा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० का ५० बर्षिय महिला र दुई जना पोखरामा कार्यरत दुई पर्यटक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी नवलपुरमा बिनय त्रिबेणी ४ जना महिला र २ जना पुरुष, देबचुलीका १ महिला र एक पुरुष, लमजुङका मस्र्याङ्दीका एक महिला र बेशीसहरका एक पुरुष, तनहुँको शुक्लागण्डकी २ र व्यास २ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

नवलपुरका १ जना खानेपानीमा कार्यरत कर्मचारी हुन् भने लमजुङका एक जना भारतबाट नेपाल आएका हुन् । अन्य सबै कन्ट्याक टे«सिङबाट कोरोना देखिएको हो । गण्डकी प्रदेशमा अहिले सम्म २ हजार २२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये १ हजार ६ सय ७६ जना निको भएको छ भने ९ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese