no comments

पोखरामा ४२ तोला अवैध सुनसहित २ जना पक्राउ

पोखरा, ४ माघ/ कास्की प्रहरीले ३९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा चेकजाचका क्रममा करिब ३९ लाख मूल्य बराबरको अवैध सुनसहित बागलुङ नगरपालिका ७ का २० वर्षीय अम्मर विश्वकर्मा र म्याग्दी अन्नपूर्ण २ का २९ वर्षीय अङ्कित सुनार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

कास्कीमा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरुीले सवारीसाधन चेक जाँच गर्ने क्रममा विश्वकर्माको साथबाट माघ १ गते २० तोला ४३ लाल ८ प्वाइन्ट बराबरको ३ थान सुनको सिक्री सहित अम्मर पक्राउ गरेको थियो ।

त्यसै गरी चेक जाँचकै क्रममा माघ ३ गते अंकित २१ तोला ९० लाल ३ प्वाइन्टका ५ थान सिक्री, १ थान औँठी र १ जोर रिङसहित पक्राउ परेको डिएसपी तिवारीले जानकारी दिए ।

उनीहरू दुवै जना काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बसमा सुन लिएर आउँदै गर्दा पक्राउ परेका हुन् । बरामद भएको ९,२५५.४७ ग्राम सुनको बजार मूल्य ३८ लाख ९७ हजार ५४२ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese