no comments

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

पोखरा, २५ माघ/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो ।

गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण गर्न स्थानिय उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो । सडक संजाल विकासको आधार भए पनि समयमै सडक तथा बाटो खन्दा ध्यान दिन नसक्दा केही ठाँउमा विकाससंगै विनास बाढी तथा पहिरो समेत जाने गरेको दाबी गर्नु भयो ।

पुम्दी भुम्दीको समग्र विकासको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै आएकोले भोलिका दिनमा समेत त्यसलाई निरन्तरता दिने मन्त्री बरालले जनाउनु भयो । अर्चलवोट आमा समुहका अध्यक्ष रमा बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा सदस्य मात्रिका प्रसाद बराल, नेकपा एमाले पोखरा २२ का अध्यक्ष राजेन्द्र अधिकारी, पोखरा २२ काग्रेंसका सभापति हुमप्रसाद बराल, उपसभापति खडानन्द बराल, माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का उपाध्यक्ष गणेश बहादुर गुरुङ, कन्चन कम्यूटरका संचालक चिन्त्तामणि बाँस्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का, भयरथान टोल विकास संस्थाका अध्यक्ष भगवान बाँस्तोला समुहका सदस्य रन्जना ढुंगाना बाँस्तोला लगायतले वोल्नु भएको थियो ।

यसैबिच तल्ला गाउँ आमा समुहले मंगलबार एक समारोहका बिच मन्त्री बराललाई आफ्नो गाउँमा स्वागत गर्दै सडकको कारण बर्षादको भलपानीले आफुहरुको बस्ती नै जोखिममा भएको उल्लेख गर्दै त्यसलाई व्यबस्थापन गर्न माग गरेको छ । उक्त कार्यक्रममा वोल्दै मन्त्री बरालले सडक बाटोको कारण बस्ती नै जोखिममा परेको अबस्थामा त्यसको रोकथामको लागि पहल गर्ने बताउनु भयो । तल्ला गाउँ आमा समुहका अध्यक्ष शावित्री भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नवराज बराल, स्थानिय युवा शिव भुजेल, स्थानिय निर्मल भुजेल, समुहका सचिव लक्ष्मि बराल, गौरी आधारभूत बिद्यालयका प्रध्याानाध्यापक याम बहादुर भुजेल लगायतले सडक बाटोको कारण उक्त तल्लो गाउँ नै बाढी र पहिरोको उच्च जोखिममा भएको गुनासो गर्नु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese