no comments

विजयपुर–२ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

लेखनाथ, ४ फागुन/ सिभिल हाइड्रोपावर प्रा.ली द्धारा प्रर्वद्धित पोखरा १४, २६ र २७ मा अवस्थित ४.५ मे.वा विजयपुर–२ साना जलविद्युत आयोजनाको सम्पुर्ण परिक्षण सफलताका साथ सम्पन्न भएको छ ।

माघ ३० बाट परिक्षण उत्पादन सुरु भई उत्पादित विद्युत ३३ के.भी प्रशारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको १३२ के.भि. पोखरा ग्रीड शाखा लेखनाथ सव–स्टेशनमा मार्फत राष्ट्रिय ग्रीडमा जोडिएको हो ।

भगवती हाइड्रोपावर अन्तर्गत विजयपुर–१ साना जलविद्युत आयोजनाको क्यासकेड प्रोजेक्टको रुपमा विकास गरिएको जानकारी आयोजना निर्देशक बसन्त मोहन शर्मा भट्टराइले जानकारी दिनु भएको छ ।

आयोजना स्व. सुर्य के.सीको अध्यक्षता तथा औद्योगिक के.सी गु्रपको नेतृत्वमा निर्माण सम्पन्न भएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese