no comments

पर्यटन व्यवसायी गणेश भट्टराई र टिकाराम सापकोटाको सक्रियतामा निःशुल्क एम्बुलेन्स सञ्चलनमा

कसैलाई एम्बुलेन्स चाहिएमा चालक रोशन सापकोटा ९८१६१३८७८१ लाई फोन गर्नु होला ।

पोखरा, २ जेठ/ कोरोना सङ्क्रमितलाई सेवा दिने उद्देश्यले पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टिकाराम सापकोटाको सक्रियतामा एउटा एम्बुलेन्स आइतबार देखि निःशुल्क सञ्चालनमा आएको छ ।

बालहितकारी परियोजना नेपालको सञ्चालनमा नरहेको एम्बुलेन्स पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई र पर्यटन परिषदका अर्का पूर्व अध्यक्ष टिकाराम सापकोटाको पहलमा मर्मत गरी कोभिड बिरामीको सेवामा लाग्ने गरी सञ्चालनमा आएको हो ।

पोखरा ६ का वडा अध्यक्ष जगत बहादुर पहारी मार्फत एम्बुलेन्स चालक रोशन सापकोटालाई चावि दिएर एम्बुलेन्स सञ्चालनमा आएको हो । महामारीको यो विषम परिस्थिति संग जुध्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सके नै सहज रूपमा यो परिस्थितिबाट पार पाउन सकिने भएकोले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए । कोभिड कहरका एम्बुलेन्स भाडा समेत अचाक्ली भएकोले सर्वसाधारणले निःशुल्क सेवा पाउन भनेर सञ्चालनमा ल्याएको पनि उनले बताए ।

कोरोना कहरको यो बेला पोखरा महानगरपालिका र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासन सँगको छलफलमा एम्बुलेन्स नपुग भएको जानकारीमा आएपछि अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी टिकाराम सापकोटाले जानकारी दिए । अक्सिजन ओसारपसार गर्न पनि यातायातको अभाव भएको जानकारी आएकोले त्यसकालागि पनि सवारी साधन उपलब्ध गराउने उनले बताए ।

कोरोना सङ्क्रमण भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बिरामीका हकमा औषधी र खानाको समस्या भएको अवस्थामा आवश्यकता अनुसार सहयोग गर्ने पनि उनले बताए । सरकारले नै यो व्यवस्था गरेको छ अपर्झट कुनै सक्रमितलाई यस्तो समस्या भएको जानकारीमा आएमा सहयोग गर्ने सापकोटाले सुनाए ।

कोरोना कहर सामान्य नभए सम्म कोभिड बिरामीलाई सेवा दिने गरि ६ महिनाकालागि सञ्चालनमा ल्याउन फ्युल, सवारीचालकको तलब, एम्बुलेन्स मर्मत लगायतकालागि आवश्यक ७ लाख रुपैयाँ विभिन्न सहयोगीले उपलब्ध गराएका छन् । लामो समय सञ्चालनमा नआएकोले टाटा सुमो एम्बुलेन्स मर्मत गर्न दुई लाख रुपैयाँ लागेको थियो ।

पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो चरणमा १ लाख ५६ हजार, टिकाराम सापकोटाले ७५ हजार, रामचन्द्र भट्टराईले ५१ हजार, रेवानका उपाध्यक्ष नरेश भट्टराईले ५१ हजार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले ५१ हजार रुपैयाँ एम्बुलेन्स सञ्चालनका लागि सहयोग गरेका छन् । विभिन्न संस्था र व्यक्तिबाट सहयोग उपलब्ध गराउने र थप्ने क्रम जारी नै रहेको छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले कोरोना कहर संग जुध्न आआफ्नो स्थानबाट सक्दो सहयोग गरेर योगदान पु¥याउन सबै जुट्नु पर्ने बताए । यो विषम परिस्थिति संग जुध्न परिषदले चीनबाट ४ वटा हाईफ्लोअक्सिजन मसिन सहित स्वास्थ्य सामाग्री ल्याउन कम्पनी संग सम्झौता गरिसकेको बताए ।

पोखरा ६ बैदामका वडा अध्यक्ष जगतबहादुर पहारीले पोखरा महानगरपालिकाले ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याए पनि कोभिड संक्रमित बढ्ने क्रम नरोकीएकोले एम्बुलेन्सले थेग्नै नसकेको अवस्थामा पर्यटन व्यवसायीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर महत्त्वपूर्ण सहयोग गरेको बताए । बालहितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले कोभिड कहर संग जुध्न बालहितकारी परियोजनाको एम्बुलेन्स प्रयोगमा आउँदा खुसी लागेको सुनाए ।

कसैलाई एम्बुलेन्स चाहिएमा चालक रोशन सापकोटा ९८१६१३८७८१ लाई फोन गर्नु होला ।

TechSansar.com - Technology Navigator website for Nepalese