no comments

पोखरामा श्रीमतीलाई बन्चरोले हानेर हत्या

पोखरा, २४ माघ/ पोखरामा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पर्वत घर भई पोखरा महानगरपालिका वडा नम्बर ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनले ४२ वर्षीया हरिमाया पुनलाई बन्चरोले प्रहार गर्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यामा संलग्न पुनलाई शुक्रबार बिहान पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार खाना नपकाएको निहुँमा झगडा गरेर पुनले श्रीमतीलाई बन्चरोले प्रहार गरेको बताए । गमबहादुर लामगादी कृषि फर्ममा ज्यालादारी गर्ने गरेको उनले बताए ।

बिहीबार राती करिब ८ बजेको समयमा गमबहादुर घर पुग्दा खाना नपकाएको विषयमा वादविवाद भएको थियो । झगडा चर्किदै जाँदा घटना घटेको श्रेष्ठले बताए । घरमै रहेको बन्चरोको प्रहारले मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो ।

हरिमायाले रक्सी पिएर बसेको र सामान्य वादविवादमा कुरा चर्किदै जाँदा घटना घट्न पुगेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गमबहादुरले रिसको झोंकमा श्रीमतीलाई बञ्चरो प्रहार गरी अर्काे कोठामा गई सुतेको बताएका छन् ।

प्रहरीले लुकाएर राखेको बञ्चरो बरामद गरेको बताउँदै गमबहादुरलाई ज्यानसम्बन्धी मुद्दाको कसुरमा १० दिन म्याद थपि अनुसन्धान सुरु गरिएको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese