no comments

बसले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जामा दुई जनाको मृत्यु

स्याङ्जा, २४ असोज/ स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नगरपालिका–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको हो ।

उनीहरुको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese