no comments

नेपालमा मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

पोखरा, ६ साउन / सरकारले नेपालमा मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

उनले कुनै दिन हाम्रोमा ७ सय सम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ । त्यसैले अब यो साउन महिनाभरिको अवस्था हेरेर लकडाउनको बारेमा निर्णय गर्ने बताए ।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गते सम्मलाई स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

TechSansar.com - Technology Navigator website for Nepalese