no comments

संक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्रीबाट फैलन्छ कोरोना

काठमाडौँ, ११ भदौ / मास्क लगायत संक्रमित र सक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । संक्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताए ।

संक्रमण दर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा व्यापक हुँदै गइरहेको छ । स्थानीय, प्रदेश, सङ्घीय तथा जिल्ला प्रशासन कार्यालयको सङ्क्रमणको जोखिम बढे अनुसार आफ्ना क्षेत्रमा निषेधाज्ञाको आदेश दिएको छ । तथापि अस्पताल आउजाउमा रोक लगाइएको छैन ।

त्यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, पानी लगायतका पसल पनि निश्चित समय खोलिने गछनर्् तर मानिसले आफू घरभित्रै बसे पनि आफ्नो वरपर प्रयोग गरिएका वस्तु जथाभावी फाल्ने क्रम नरोकिएको वातावरणविद् शर्मा बताउँछन् ।

सबैभन्दा बढी जोखिम सङ्क्रमित र स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले बढाइरहेको उनी बताउँछन् । फोहोरको थुप्रोमा, ढल तथा नदीमा र सडक छेउछाउमा फालिने मास्कमा भाइरस रहेको खण्डमा त्यसलाई छुने व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्ने खतरा मानिसले नबुझेको उनी सुनाउँछन् ।

त्यस्तै यतिबेला अस्पतालजन्य फोहोर व्यवस्थापन पनि उही परम्परागत ढङ्गमा नै विसर्जन हुनु सङ्क्रमण फैलाउने अर्को चुनौती बनेको दाबी उनको छ । यसले हरेक दिन घर, टोलसँगै अस्पतालबाट फोहोर सङ्कलन गर्ने व्यक्ति सबैभन्दा उच्च जोखिममा परेका छन्, उनी भन्छन् । अस्पतालबाट ठोससँगै तरल फोहोरबाट पनि कोरोना भाइरस बाहिर समाजको सम्पर्कमा पुगेको अनुमान उनी गर्छन् । आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले समचार लेखेकी छिन् ।

कोरोनाबाट मृत्यु भएकालाई लैजादै फाइल तस्बिरः सुमन ढुङ्गाना

TechSansar.com - Technology Navigator website for Nepalese