no comments

लिदीमा पहिरोः ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक, ३१ साउन / जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा केही समय देखी बस्दै आएको थियो ।

पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबा आमा सहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवार सहित सुष्मा पनि घरमा गएकी थिइन् ।

‘म पानी लिन गएकी थिएँ, बुबाआमा र भाइबहिनीहरू घरमै थिए । एक्कासि पहिरो आएर सबैलाई पु¥यो,’ सुष्माले रुँदै भनिन्, ‘मचाँहि पानी लिन गएकाले बाँचें ।’

लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन् । उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको छ ।

‘म चाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासि आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँसु पार्दै भनिन् ।

बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्ती नजिकै रहेको लप्से डाँडा टेन्टमा बस्ने गरेका थिए । आजको राजधानी दैनिकमा समाचार छ । सो पहिरोमा परेर अहिले सम्म ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन् ।

पहिरोमा
१.छबीलाल दोङ, २.सोमरानी दोङ ३.धनलक्षमी ४.सीरमाया दोङ ५.विवरानी दोङ ६.साइली दोङ ७.बिबी लक्ष्मी ८.सानुकान्छा ९.साङलामो दोङ १०सोनाम दोङ ११.हिरा भक्ती १२.जिते झाक्री १३.सानुकान्छी दोङ(गर्भवती) १४.दिन्दुस दोङ १५.सुरज दोङ १६.करेसमाई दोङ १७.च्यामा दोङ १८सानु दोङ १९.टिकामाई दोङ २०.छिरीङ दोङ २१.मानबहादुर दोङ २२.जयबहादुर दोङ २३.प्रिया दोङ २४.प्रिती दोङ २५.कान्छी दोङ २६.सानुकान्छी दोङ २७.वाङची लामा दोङ २८.धनमाया तामाङ दोङ २९.रेनीस दोङ ३०.मेकमाई दोङ ३१.मिलन दोङ ३२.विमला दोङ ३३.माइला पराङ ३४.प्रकाश दोङ ३५.साइली दोङ ३६.आयुस दोङ ३७.सुवास तामाङ ३८.टिकामाई दोङ
TechSansar.com - Technology Navigator website for Nepalese