no comments

पाँच दिनमा नेकपा पार्टीको सिनेरियो परिवर्तन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं, २९ साउन / प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीभित्र जारी गतिरोध पाँच दिनभित्र अन्त्य हुने दाबी गरेका छन् ।

बुधबार राति एपी वान टेलिभिजनबाट प्रसारित ’द ब्राभो डेल्टा शो’मा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा ओलीले यस्तो दाबी गरेका हुन् ।

हाल खिचातानीका बीच बढिरहेको पार्टीभित्रका सम्बन्धहरू हप्ता दश दिनमा गाँसिनेछ भन्ने प्रश्नको जवाफ दिदैं ओलीले यस्तो बताएका हुन् । अन्तरवार्तामा उनले पार्टी फुटाउन लागेको देखि गुट चलाएको भन्ने चर्चालाई अस्वीकार गरेका छन् ।

यसैगरी उनले तात्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग आधा आधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको भए पनि पछि पाँचै वर्ष सरकारको नेतृत्व आफूले लिने सहमति भएको र त्यो सहमति दहाल स्वयंको प्रस्तावमा भएको बताए ।

त्यसैगरी उनले पार्टीभित्र देखिएको समस्यासम्बन्धी प्रश्नमा जवाफ दिदैं त्यो खासै ठूलो समस्या नभएको बताएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese