no comments

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारतद्धारा १ अर्ब ५४ करोड हस्तान्तरण

काठमाडौं, ८ असोज / भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

भारतले प्रतिबद्धता अनुरुप १ अर्ब ५४ करोड रुपैया बराबरको चेक हस्तान्तरण गरेका छन् । भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार सहयोग गरेको हो ।

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान अहिले सम्म ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको भारतीय दुताबासले जानकारी दिएको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण गरेको विज्ञप्तीमा उल्लेख छ ।

भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको थियो । भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese