no comments

नेपालमा एकै दिन ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ असोज / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा १ हजार २ सय ६१ महिला र २ हजार १ सय ७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

उनीहरुमध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४, मोरङका ३२२ जना, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४/३४ जना, सप्तरी र कपिलवस्तुका ३३/३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२/२२ र लमजुङ र पाल्पाका १९/१९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र नवलपरासीका १८/१८ जना, सर्लाही र नवलपुरका १७/१७ जना, पर्सा र सिराहाका १५/१५ जना, बारा, गोरखा र तनहुँका १३/१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९/९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५/५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४/४ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३/३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २/२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese