no comments

गण्डकी प्रदेशको आगामी बजेट ३३ अर्ब

पोखरा, १ असार/ गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको २०८१/०८२ मा बजेट करिब ३३ अर्बका ल्याएको हो । अर्थमन्त्री डा.टंकराज गुरुङले आगामी वर्षको लागि ३२ अर्ब ९७ करोड बजेट विनियोजन गरे ।

चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट हो । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।

गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ । उनले व्यावसायिक कृषि र यसको रूपान्तरण गर्दै उत्पादन र रोजगारमा जोड दिएका छन् । १२ अर्ब ७० करोड रूपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन भएको छ ।

पोखरालाई पर्यटकीय राजधानीको रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, होमस्टेको विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ करोड रूपैयाँ विनियोजन भएको छ ।

गण्डकी प्रदेश सभाको भवन निर्माण सुरु गर्न ९ करोड रूपैयाँ विनियोजन भएको छ । आगामी वर्ष उज्यालो प्रदेश घोषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ करोड रूपैयाँ छुट्याइएको छ । ४ अर्ब रूपैयाँ ऊर्जाको क्षेत्रमा छुट्याएको अर्थमन्त्री गुरूङले सुनाए ।

कृषि मन्त्रालयलाई २ अर्ब ९ करोड विनियोजन गरेको छ । आगामी वर्ष गाँजा खेतीलाई कानुनी प्रक्रिया मार्फत निष्कर्षमा पु¥याउने उनले बताए । यस्तै, प्राङ्गारिक कृषि उत्पादनका लागि २ करोड २३ लाख, अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउन ३ करोड ५२ लाख छुट्ट्याएको छ ।

सरकारले मध्य पहाडी लोकमार्ग अन्तर्गत गोरखाका स्थानीय तहमा बाख्रा विकास कार्यक्रम चलाउन २ करोड २६ लाख विनियोजन गरेको छ । गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ करोड रूपैयाँ छुट्याएको गुरूङले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese

Reply