no comments

भागरथी हत्या प्रकरणः उनकै विद्यालयमा पढ्ने विद्यार्थी पक्राउ

काठमाडौं, ५ फागुन/ बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी पढ्ने विद्यालयका एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन् ।

माघ २१ गते बुधबार विद्यालयबाट घर जानेक्रममा उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले प्रहरीले बुधबार सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

भट्टले घरपरिवारको पुरानो रिसीबि सादेर बदला लिन यस्तो गरेँको बताएका छन् । उनले पहिले भिरबाट तल खसालेको बताएका छन् । भिरबाट तल खसेपछि घाइते भएकी उनलाई बलत्कार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताएको छ ।

स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो । भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese