no comments

साउन १५ बाट होटल, रेष्टुरेण्ट र भदौ १ देखी लामो दुरीको बस सवारी चल्ने

पोखरा, ६ साउन / मन्त्रिपरिषद्को सोमबारको बैठकले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको निर्णय गरेको छ ।

साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ उनले बताए । त्यसै गरी सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese