no comments

नेपालमा चल्ने दुई रेल तयार, जनकपुर–जयनगर चल्ने

काठमाडौं, ८ भदौ / नेपालले भारतमा बनाउन दिएका दुई रेल तयार भएका छन् । ती रेल जनकपुर–जयनगर गुड्ने छन् ।

रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो । रेल पटनाको सोनपुर–हाजिपुरमा आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

तर, कोरोना महामारीको कारण नेपाल सम्म ल्याउन केही समय लाग्ने मिश्रको भनाई छ । उनले फेसबुकमा लेखको भिडियो समेत पोष्ट गरेका छन् ।

रेल भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीले बताएको हो । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन जिम्मा दिएको थियो । दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटनामा आइसकेको मिश्रले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese