no comments

काठमाडौंमा जादै गरेको मोटरसाइकल ट्रकमा ठोक्किँदा डाक्टर छोरा र बुवाको मृत्यु

गण्डकीन्युज, २९ माघ/ धाडिङमा मोटरसाइकल दुर्घटना हुँदा बुवा छोराको मृत्यु भएको छ । धाडिङको थाक्रे गाउँपालिका ८ चारकिलोको पेट्रोल पम्प नजिकै बिहीबार दिउँसो पौने १ बजे मोटरसाइकल दुर्घटना भएको हो ।

धाडिङबाट काठमाडौं जादै गरेको बा प्र ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल बसलाई ओभरटेक गर्नेक्रममा ट्रकसँग ठोक्किएको थियो ।

ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले जानकारी दिइन् ।

मृतकहरू निलकण्ठ नगरपालिका ५ बस्ने ५९ वर्षीय बुवा बलराम अधिकारी र छोरा ३४ वर्षीय डा. सुरेश अधिकारी छन् ।
प्रहरीले घटनापछि दुबैलाई काठमाडौंको टिचिङ अस्पताल पु¥याएको थियो । तर चिकित्सकहरूले उनीहरू दुबैलाई मृत घोषणा गरेको थियो ।

दुर्घटनामा मृत्यु भएका सुरेश अधिकारी एमबिबिएस डाक्टर हुन् । प्रहरीले घटनास्थलबाट उनको मेडिकल काउन्सिलका कागजपत्र भेटाएको छ ।

उनी दुई महिनादेखि धाडिङको सिद्धलेक गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा कार्यरत थिए । सुरेशलाई गाउँपालिकाले तीन महिनाको लागि नियुक्ति दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद सिलवालले जानकारी दिए ।

उनी आफ्ना बुवासहित बिहीबार काठमाडौंको घरमा फर्किन लागेका थिए । सुरेशका बुवाले धाडिङमा कपडाको व्यापार गर्दै आएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese