no comments

जितप्रसाद द्वा पत्रकारिता पुरस्कारबाट श्रीराम सिग्देललाई पुरस्कृत

पोखरा, २९ फागुन/ जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल पुसस्कृत भएका छन् ।

चलचित्र पत्रकार संघ कास्कीले शनिबार चौथो वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष सिग्देललाई नगद २५ हजार रुपैयाँ राशी सहितको पुरस्कार प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिग्देललाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मान गरे । संघले साधारण सभामै पोखराका वरिष्ठ रंगकर्मी प्रकाश घिमिरेलाई पनि सम्मान गरेको छ ।

पोखराको रंग क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रंगकर्मी घिमिरेलाई मन्त्री गुरुङ तथा संघका अध्यक्ष अरुण गिरी सहितले सम्मान गरेका हुन् ।

पोखरामा चलचित्रको विकास र विस्तार एवं चलचित्र हेर्ने संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्याएका जितप्रसाद द्वालाई समेत चलचित्र पत्रकार संघ कास्कीले सम्मान गरेको हो ।

सम्मानपछि संस्थापक अध्यक्ष सिग्देलले हिजोको अवस्थामा चलचत्रि पत्रकार संघ गठन गर्न निकै चुनौतिपूर्ण अवस्थामा रहेपनि अहिले सहज भएको बताए ।

सम्मानित व्यक्तित्व प्रकाश घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारी लगायतले चलचित्रको हिजो र बर्तमानको अवस्थाको बारेमा पत्रकारले खेलेको भूमिको विषयमा चर्चा गरेका थिए ।

साधारण सभामा संघका अध्यक्ष गिरी र सचिव प्रभु अधिकारीको प्रतिवेदनलाई अनुमोदन गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese