no comments

नेपाल आइडल सिजन चारको डिजिटल अडिसन सुरू

पोखरा, ३ साउन/ चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन शुरू भएको छ । डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

कोरोनाको महामारीबीच अडिसन गर्न ठाउँ ठाउँमा पुग्न गाह्रो भएकाले डिजिटल अडिसन शुरु गरिएको पौडेलले जानकारी दिए । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन् ।

‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ । साथै आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिने उनले बताए ।

भदौ १ गतेदेखि शुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । शोमा निर्णायकहरु को–को हुने भन्ने बारे केही दिनमा फाइनल हुने पौडेलले बताए । यद्यपी यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायक संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी परिवर्तन हुनेछन् ।

‘नेपाल आइडल’ को पहिलो संस्करणमा बुद्ध लामा, दोस्रोमा रवी ओड र तेस्रोमा सज्जा चौलागाँई विजेता बनिसकेका छन् । ‘नेपाल आइडल’ एपिवान टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese