no comments

नेपाल स्टारको टप ८ मा प्रवेश गर्न सफल एलिना गुरुङलाई पोखरामा स्वागत

पोखरा, ९ पुस/ नेपाल टेलिभिजनबाट प्रसारित गायन रियालिटी शो वाई वाई नेपाल स्टारको टप ८ मा प्रवेश गर्न सफल पोखरेली चेली एलिना गुरुङलाई पोखरामा भव्य स्वागत गरिएको छ ।

टप ८ मा प्रवेश पश्चात पोखरा आएकी प्रतिस्पर्धी गुरुङलाई एलिना गुरुङ जिताऔं सहयोग समितिले कार्यक्रम आयोजना गरी स्वागतका साथै आर्शिवाद प्रदान गरेको हो।

पोखरा १० उत्तमचोकस्थित रोयल किचन दिदिबहिनीमा आयोजित कार्यक्रममा सहयोग समितिका अध्यक्ष मेनकाजी गुरुङ, संरक्षकहरु हुमबहादुर गुरुङ, मनकुमार गुरुङ,विभिन्न संघसंस्थाको तर्फबाट खादा, माला लगाईदिदै बधाई, शुभकामना साथ आर्शिवाद प्रदान गरिएको थियो।

कार्यक्रममा एलिनालाई जिताउन विभिन्न सहयोगदाताहरुबाट आर्थिक सहयोग समेत समितिलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा प्रतिस्पर्धी एलिना गुरुङले रियालिर्टी शोमा सहभागी भएर आफुले धेरै सिकेको र आफुले गीत संगीतबाटै समाज मुलुकलाई योगदान पुर्याउन चाहेको बताइन।

उपाधि जिताउनका लागि आफुलाई विगतदेखि साथ सहयोग , माया गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै उपाधि विजयी गराउन अझै धेरै माया, सहयोगको आग्रह गरिन।

सहयोग समितिका संरक्षक हुमबहादुर गुरुङले बधाई, शुभकामना र आर्शिवाद प्रदान गर्दै गण्डकी पोखरा क्षेत्र गीत संगीतकै राजधानीका साथै सबैको अपनत्व प्राप्त गरेकी प्रतिस्पर्धी भएकीले एलिनाले उपाधि जित्ने दावी गरे।

विगतमा पोखराले रियालिटी शोको धेरै उपाधि जितेकाले नेपाल स्टारको उपाधि एलिनाकै हुने बताउदै चेलीलाई दान, दक्षिणा गर्ने सोंच केही भए नेपाल स्टारमै सहयोग स्वरुप दक्षिणा प्रदान गर्न आग्रह गरे।

अर्का संरक्षक मनकुमार श्रेष्ठले रियालिटी शो–पोखरा र एलिना जिताऔं अभियानका विभिन्न गतिविधीका बारेमा जानकारी गराउदै देशमा मात्रै नभई विदेशमा १६ वटा मुलुकमा सहयोग समिति गठन भएको बताए। एलिनाले धेरै माया, साथ सहयोग प्राप्त र गायन प्रतिभा पनि राम्रो भएकाले टाइटल एलिनाकै पक्ष हुने दावी गरे।

सहयोग समितिका संयोजक बरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हार्मोनीका अध्यक्ष गायिक इतु जोजिजुले शुभकामना व्यक्त गरेकी थिइन भने आर्थिक संयोजक कुमारी गुरुङले आर्थिक सहयोगबारे जानकारी र समितिकी सचिव रोशनी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन।

TechSansar.com - Technology Navigator website for Nepalese