no comments

पोखराकी एलिना गुरुङले जितिन् ‘नेपाल स्टार’ को उपाधि

पोखरा, १७ माघ / नेपाल टेलिभिजन मार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् ।

उपाधिसँगै गुरुङले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् । ‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् ।

‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीप उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese