no comments

शंकर समूहले पोखरामा वेलनेस होटल बनाउँदै

पोखरा, २० फागुन/ व्यावसायिक घराना शंकर समूहले पोखरामा वेलनेस होटल निर्माण गर्ने घोषणा गरेको छ ।

निर्माण सामग्री तथा अटोमोबाइल क्षेत्रमा सफल व्यावसायिक घराना शंकर समूहले हस्पिटालिटी क्षेत्रमा थप लगानी गर्ने तयारी गरेको हो ।

समूहले पोखरामा वेलनेस होटल बनाउनका लागि जग्गा खरिद गरिसकेको छ । होटल निर्माणका लागि डिजाइन तथा अन्य तयारीका काम भइरहेको समूहका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए ।

वेलनेस होटलका लागि ३० रोपनी जग्गा खरिद गरिएको उनले जानकारी दिए । शंकर समूहले बनाउने यो होटल धेरै ठूलो नहुने तर उच्च मूल्यको सेवा दिनेगरी निर्माण हुनेछ ।

वेलनेस केन्द्रित भएर खुलेको र पोखराको लोकेसनले गर्दा धेरैको रोजाइमा पर्नेगरी सञ्चालनमा ल्याइने अग्रवालको भनाई छ । यो परियोजनामा १ अर्ब रुपैयाँ लगानी हुने अग्रवालको अनुमान छ ।

स्टिल, सिमेन्ट र अटोमोबाइल क्षेत्रमा लगानी तथा व्यापार गरिरहेको यो समूहले काठमाडौंमा पाँचतारे होटल निर्माण गरिरहेको छ ।

हिल्टन होटलको फ्रेन्चाइजी ल्याएर काठमाडौंमा पाँचतारे होटल सञ्चालन गर्ने तयारी छ । सेतोपाटी डटकमबाट

TechSansar.com - Technology Navigator website for Nepalese