no comments

पोखरा २० औँ माछापुच्छे« फुल कन्ट्याक्ट एवम दोस्रो क्योकुसिन कराते

पोखरा, १ माघ / २० औँ माछापुच्छे« फुल कन्ट्याक्ट कराते तथा दोस्रो गण्डकी प्रदेश स्तरीय क्योकुशिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत यो वर्ष काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको थियो । अधिल्ला अधिल्ला वर्ष पोखरा १७ ढुङ्गेसाघुमा हुने उक्त प्रतियोगिता कोरोना कहरको विचमा पोखरा रंगशलामा आयोजना गरेको संघका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको सिनियर ब्ल्याक बेल्ट लेभलको एकल पुरुष तर्फ विनोद नेगि पहिलो, सम्राट सेन दोस्रो तथा महिला तर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल दोस्रो भएका थिए । उनीहरुले कालो बेल्टको परिक्षा गर्नुपर्ने काता प्रदर्शन गरेका थिए ।

समुह महिला काता प्रतियोगिता तर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, दोस्रो प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली भयो ।

पुरुष ३ किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल पहिलो र सितल कुमाल दोस्रो भए । महिला तर्फको दौडमा संगम कुमाल पहिलो र सदिक्षा कुमाल दोस्रो हुन पुगिन् । १२ वर्ष मुनिका एक सय मिटर दौडमा सोभित प्रत्यल प्रथम भए ।

सुशान्त श्रेष्ठ दोस्रो हुन पुगे । सोहि विधाका महिला तर्फ भने सुआना श्रेष्ठ पहिलो तथा युइशा श्रेष्ठ दोस्रो हुन पुगिन् ।
यस भन्दा अघिका २९ औँ माछापुच्छे« फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्म प्रतियोगिताम फाइट गराइए पनि अहिले केही फरक गरेर प्रतियोगित गरिएको हो ।

लकडाउनको कारण खेलाडी शारिसरक रुपमा बलियो भएको कारण दौड, काता लगायतका विद्याको प्रतियोगिताको आयोजना गरिएको संघका सल्लाहाकर दिपक गोदारले जानकरी दिए । उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न विद्यामा सय जना खेलाडी सहभागी भएका थिए । म्याग्दी, स्याङ्जा, तनँहु, गोर्खा, कास्की बाग्लुङ लगायतका जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese