no comments

सयपत्री सहकारीमा रवीन्द्र बास्तोला अध्यक्ष

पोखरा, ५ पुष/सयपत्री बचत तथा ऋण सहकारी संस्थामा रवीन्द्रनाथ बास्तोला अध्यक्षमा निर्वाचित भएका छन् । सहकारीको ११ औं साधारण सभाले रिक्त अध्यक्ष पदमा निर्वाचन गराएको हो ।

संस्थाका अध्यक्ष विश्वराज बास्तोलाले दिएको राजिनामा स्वीकृत भएपछि पुस ३ गते सम्पन्न साधारण सभाले शितलादेवी पार्टी प्यालेसमा शनिबार निर्वाचनको कार्य तालिका बनाएको संस्थाका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सहकारीका सेयर सदस्य देवेन्द्रकिश्वर बास्तोला र रवीन्द्रनाथ बास्तोलाबीच भएको निर्वाचनमा रवीन्द्रनाथ बास्तोलाले ३ सय ८९ मत प्राप्त गर्दा देवेन्द्र बास्तोलाले जम्मा ५८ मत प्राप्त गरेका थिए ।

जम्मा ४ सय ५७ मत खसेकोमा १० मत बदर भएको निर्वाचन समितिका संयोजक अधिवक्ता रोहितराज बास्तोलाले जानकारी दिए । रोहितराज बास्तोलाको संयोजकत्वमा गठित निर्वाचन समितिमा शिवकुमार अधिकारी र गुरुप्रसाद बास्तोला सदस्य रहेका थिए ।

नव निर्वाचित अध्यक्ष रवीन्द्र बास्तोलाले प्रजातान्त्रिक पद्धतिलाई पालना गर्दै निर्वाचनमा भाग लिने सेयर सदस्यलाई धन्यवाद दिए । उनले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै सयपत्री सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताए ।

संस्थापक अध्यक्षसमेत रहेका बास्तालले आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

कार्यवहाक अध्यक्ष भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको र्भच्युल साधारमा सभामा कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले सयपत्री सहकारी कास्की जिल्लामै नमुना सहकारी भएको बताए । उनले मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाएका थिए ।

नियम पालना गरेरै सपपत्री सहकारी नमुना भएको संकेत गर्दै भविष्यमा गरिने हरेक योजना सेयर सदस्य मैत्री बनाउन अनुरोध गरेका थिए । सहकारीका सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेको सभामा कोषाध्यक्ष धर्मप्रसाद बास्तोलले स्वागत गरेका थिए । सभामा सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला, पूर्व अध्यक्ष विश्वराज बास्तोला लगायतले बोलेको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।

पोखरा ११ रानीपौवामा कार्यालय रहेको सहकारीको सेयर पुँजी १२ करोड २८ लाख रहेकामा निक्षेप १ अर्ब २७ करोड ४० लाख रहेको जानकारी दिए । सहकारीेले १ अर्ब २१ करोड ५७ लाख कर्जा लगानी गरेको छ भने तरलता २४ करोड ३१ लाख रुपैयाँ रहेको सुवेदीले बताए । सयपत्री सहकारीमा १ अर्ब ६० करोड ४० लाख रुपैयाँ वासलत रहेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese