no comments

बतास अर्गनाइजेसनलाई दक्षिण एसियाको उत्कृष्ट डिलर अवार्ड

पोखरा, १२ भदौ / पोखराको बतास अर्गनाइजेसनलाई भारतको भोल्भो आइसर कमर्सियल भेइकल लि.ले उत्कृष्ट डिलर अवार्ड प्रदान गरेको छ ।

इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत बिक्रेता बतासले दक्षिण एसियाका डिलरहरुमध्ये उत्कृष्ट डिलर अवार्ड हात पार्न सफल भएको हो ।

कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएपछि यो अवार्ड हात प्राप्त गरेको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । बतासले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो ।

बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फ सो अवार्ड घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष बतासले इस्टर्न मोटर्स मार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे ।

उनले भने, ‘यो खुसी आइसर र इष्टर्न परिवारमा बाँड्न चाहन्छु । हाम्रा सहकर्मीको अथक प्रयासबिना यो प्रतिष्ठत अवार्ड सम्भव थिएन ।’

TechSansar.com - Technology Navigator website for Nepalese