no comments

स्थानिय उत्पादनहरुको प्रबद्र्धनमा युवाहरुको भूमिका महत्वपूर्णः अध्यक्ष ढकाल

पोखरा, १० पुष/लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानिय उत्पादनहरुको प्रबद्र्धन तथा बजारिकरणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाली उत्पादनहरुको बजारिकरणका लागि स्थापित पोखरा फार्मर्स टे«डर्सको बिहिबार उद्घाटन गर्दै अध्यक्ष ढकालले स्थानिय उत्पादनहरुले बजार पाउन सके नेपालको ग्रामिण क्षेत्रको विकास तिब्र गतिमा हुनेमो जोड दिनुभयो ।

डोकोमार्ट अनलाइनको पहिलो भौतिक स्टोरका रुपमा शुरु गरिएको यो स्टोरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोकोमार्टका अध्यक्ष अनन्त कुमार श्रेष्ठले नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा लाग्नका लागि सबैलाई अपिल समेत गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, युवाहरु उत्पादनमा लाग्नुहोस्, बजार खोज्ने काम डोकोमार्टले गर्नेछ ।

१५ लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा स्थापित यो स्टोरमा किसानहरुको उत्पादनलाई रिफाइन गरी ग्राहकहरुलाई उपलब्ध गराउने तयारी भएको स्टोरका प्रोपाइटर सुनिल तिमिल्सेनाले जानकारी दिनुभयो ।

स्टोरमा गेडागुडी, मह, पिठो, कफि, अचार, बेकरी, पेन्टिङ्ग, तरकारी, सफाई सामाग्री जस्ता एक सय बढि सामाग्रीहरु किन्न पाइन्छ । साथै स्टोरका सामाग्रीहरु डोकोमार्टबाट समेत अनलाइन अर्डर गर्न सकिने स्टोरकी प्रबन्ध निर्देशक अञ्जली पौडेलले जनाउनुभयो ।

TechSansar.com - Technology Navigator website for Nepalese