no comments

प्याराडिसो स्र्पोटस बारलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

पोखरा, ६ भदौ / प्याराडिसो स्र्पोटस बार पोखराले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाउन सफल भएको छ ।

विश्व प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले प्याराडिसो स्र्पोटस बारे सन् २०२० मा ‘ट्राभलर्स च्वाइस अवार्ड’ अवार्ड प्रदान गरेको छ ।

स्वादेशी तथा विदेशी पर्यटकलाई स्तरीय सेवा प्रदान गरी सन्तुष्ट बनाउन सफल भएका कारण अवार्ड पाउन सफल भएको प्याराडिसो स्र्पोटस बारेका सञ्चालक गोपी भट्टराईले बताए । ‘ट्राभलर्स च्वाइस अवार्ड’ ले उत्साही बनाएको बताउदै उनले सेवालाई अझ स्तरीय बनाउने बताए ।

अत्याधुनिक सेवा सहित फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलले दैनिक लाइभ व्याण्ड प्रस्तुत गर्दै आएको थियो ।

बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरेकै कारण अवार्ड जित्न सफल भएको बारका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese